News Griha :: न्यूजगृह
धनगढीका चार पसलमा आगलागी, एक करोड बढीको क्षति
धनगढीका चार पसलमा आगलागी, एक करोड बढीको क्षति धनगढीका चार वटा पसलमा आगलागी भएको छ । आइतबार राति सहीदगेटस्थित समीर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यू लब्ली टेलर्स र कृष्ण इन्टरप्राइजेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
रोशी १ का वडाध्यक्ष लामाको मृत्यु, आज पालिकामा शोक बिदा
रोशी १ का वडाध्यक्ष लामाको मृत्यु, आज पालिकामा शोक बिदा क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ ।
रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन
रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार रुपैयाँ युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको...
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको शक्ति समूहकी सदस्य उर्मिला श्रेष्ठले जानकारी दिइन्। 
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ ।जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो...
जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी
जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाइ पक्राउ परेका हुन्। 
आजदेखि हिउँदे वर्षा
आजदेखि हिउँदे वर्षा महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका भूभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ।
ईपीएस भाषा परीक्षामा तीन हजार बढी युवा पास
ईपीएस भाषा परीक्षामा तीन हजार बढी युवा पास रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।  सन् २०२४ मा ईपीएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन्।
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।  भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
आज कहाँ—कहाँ छ वर्षाको सम्भावना?
आज कहाँ—कहाँ छ वर्षाको सम्भावना? हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने महाशाखाको पूर्वानुमान छ।
रवि लामिछानेविरूद्ध पोखरामा जस्तै अरू ४ जिल्लामा पनि चल्नेछ मुद्दा
रवि लामिछानेविरूद्ध पोखरामा जस्तै अरू ४ जिल्लामा पनि चल्नेछ मुद्दा पोखराको सुर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको रकम अपचलन गरेको आरोपमा लामिछानेविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार कारबाही गर्न माग गरिएको जिल्ला न्यायाधिवक्ता काफ्ले जानकारी दिइन्।
Weather Update