News Griha :: न्यूजगृह
तीन उद्योगविरुद्ध मुद्दा दायर
तीन उद्योगविरुद्ध मुद्दा दायर नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए । सो उद्योगसँग रु चार लाख ५०...
तनहुँमा पुलबाट ट्रक खस्यो, दुई जनाको मृत्यु
तनहुँमा पुलबाट ट्रक खस्यो, दुई जनाको मृत्यु ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । 
स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक पक्राउ
स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक पक्राउ उक्त रकम हुण्डी कारोबारको रहेको आंशका गरिएको छ । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रकम पक्राउ गरिएको पुष्टि गर्दै पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुर अन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।
सुदूरपश्चिममा दोस्रो पटक हिमपात
सुदूरपश्चिममा दोस्रो पटक हिमपात  सोमबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात सुरु भएको छ । यो हिउँदमा भएको यो दोस्रो हिमपात हो । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको छ । यसअघि मंसिर अन्तिम साता पनि यहाँ हिमपात भएको थियो । 
चक्कु प्रहार गरि ललितपुरको च्यासलमा युवकको हत्या, तीन जना पक्राउ
चक्कु प्रहार गरि ललितपुरको च्यासलमा युवकको हत्या, तीन जना पक्राउ ललितपुरमा एक जना किशोरको हत्या भएको छ। सोमबार राति ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा एक किशोरको हत्या भएको हो।
रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो
रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु 
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु  चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो। 
बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ 
बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ  इलाका प्रहरी कार्यालय गोरुसिंहेबाट खटिएको प्रहरीले यादवलाई सोमबार पक्राउ गरेको थियो। जिल्ला अदालतले २०८० मंसिर २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो। 
हनी ट्र्यापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा
हनी ट्र्यापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब उनी नियमित तारेखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ ।
जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ
जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु छन् ।
रास्वपा सभापति लामिछानेको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा
रास्वपा सभापति लामिछानेको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ ।
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।सुकबहादुरलाई जिल्ला अदालतमा पेस गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update