News Griha :: न्यूजगृह
बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ 

काठमाडौं— बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने लालबहादुर यादव पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय गोरुसिंहेबाट खटिएको प्रहरीले यादवलाई सोमबार पक्राउ गरेको थियो। जिल्ला अदालतले २०८० मंसिर २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पक्राउ परेका यादवलाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशले उनलाई सोमबार नै कारागार चलान गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १०:२९
Weather Update