News Griha :: न्यूजगृह
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काभ्रे—  काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ ।

तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुंधरा खड्काले जानकारी दिइन् ।

एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गालीमात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरल स्वीकार गरेका छन् ।

उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।सुकबहादुरलाई जिल्ला अदालतमा पेस गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:१६
Weather Update