पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।
टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिए ।
ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरु चापमा चलिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ २०:००