News Griha :: न्यूजगृह
नेपालगञ्ज शीतलहरको चपेटामा, चिसोले दैनिक जीवन प्रभावित

नेपालगञ्ज— नेपालगञ्जमा मंगलबार शीतलहर सुरु भएपछि चिसो बढेको छ। शीतलहर चल्न थालेपछि बढेको चिसोले दैनिक जीवनयापन प्रभावित भएको छ। 

ठण्डी बढेपछि केटाकेटी र वृद्धहरू बिरामी पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। बाँके जिल्ला प्रशासन कार्यालयले शीतलहर चलेर चिसो बढेपछि बाँकेका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।

कार्यालयका अनुसार चिसो तथा शीतलहरबाट खासगरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउन विभिन्न उपाय अपनाउन स्थानीय तहलाई आग्रह गरिएको छ। 

भेरी अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामीको सङ्ख्या बढेको बताए। उनले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल आएको बताए।

चिसो बढेसँगै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:४८
Weather Update