आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्योशुक्रबार, पुस १२, २०८१

आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना शुक्रबार, पुस १२, २०८१ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

खोँचमा खसेका व्यक्तिको सकुशल उद्धार शुक्रबार, पुस १२, २०८१ बिहीबार बेलुका घटनास्थल नजिकको पार्वती टोल बस्ने ६१ वर्षीय उजिर बहादुर पुनको उद्धार गरिएको हो । उनी घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब १५ मिटर तल खोँचमा खसेका थिए ।

दुई महिने शिशुको शंकास्पद मृत्यु, अनुसन्धान गरिने शुक्रबार, पुस १२, २०८१ बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्त ध्रुव रानाले बताए।

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपीआर’ जडान बिहीबार, पुस ११, २०८१ सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपीआर) जडान गरेको हो ।

जीप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो बिहीबार, पुस ११, २०८१ भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जीप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको...

शोभा पाठकलाई साधारण तारेखमा छाड्न आदेश बिहीबार, पुस ११, २०८१ शोभा पाठक भनेर चिनिने जानुका पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पुस १ मा पक्राउ परेकी पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा दायर भएको थियो ।

आजका लागि रवि लामिछानेको बयान सकियो, शुक्रबार पनि हुने बिहीबार, पुस ११, २०८१ सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।

शुक्रबार साँझबाट भित्रँदैछ अर्को प्रणाली, कहाँकहाँ पर्छ पानी? बिहीबार, पुस ११, २०८१ जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझदेखि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको बताएको छ।

एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिट खारेज बिहीबार, पुस ११, २०८१ सर्वोच्च अदालतले एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिट खारेज गरेको छ। बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले शेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर बिहीबार, पुस ११, २०८१ बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मंसिर दोस्रो साता पक्राउ परेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको हो।

शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर बिहीबार, पुस ११, २०८१ शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सुरु भयो रवि लामिछानेको बयान बिहीबार, पुस ११, २०८१ सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो ।