News Griha :: न्यूजगृह
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन  सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।
हुम्लामा तेस्रो पटक हिमपात
हुम्लामा तेस्रो पटक हिमपात शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।
बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, दिउँसोपख पानी पर्न सक्ने
बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, दिउँसोपख पानी पर्न सक्ने शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती  र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम...
राष्ट्रिय परिचयपत्र विवाद : पूर्ण इजलासमा पठाइयो
राष्ट्रिय परिचयपत्र विवाद : पूर्ण इजलासमा पठाइयो न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार र शुक्रवार (दुई दिन) सुनुवाइ पछि यस्तो आदेश गरेको हो । परिचयपत्र सम्बन्धी चार थान मुद्दा एकै ठाउँमा राखी सुनुवाइ भएको थियो । अधिवक्ता रामबहादुर राउतसहितले सुरुमा राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।
कास्की अदालतको इजलासमा २६ बढी प्रश्नको सामना गरेका रवि लामिछानेले दिए इन्कारी बयान
कास्की अदालतको इजलासमा २६ बढी प्रश्नको सामना गरेका रवि लामिछानेले दिए इन्कारी बयान सहकारी ठगीसहितका तीन अभियोगमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेले अदालतमा इन्कारी बयान दिएका छन् ।  कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनले इन्कारी बयान दिएका हुन् । बिहीबार र शुक्रबार भएको बयानका क्रममा न्यायाधीशले उनलाई २६ भन्दा बढी प्रश्न गरेका थिए । 
धादिङमा माइक्रोबस दुर्घटना
धादिङमा माइक्रोबस दुर्घटना दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।
रवि लामिछानेको बयान सकियो
रवि लामिछानेको बयान सकियो पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।
उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा [सूची]
उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा [सूची] न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ।शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए ।  
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 
Weather Update