मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामदसोमबार, पुस १५, २०८१

नाबालिकालाई झुक्याएर विहे गर्दा... सोमबार, पुस १५, २०८१ जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

थप एक नेपालीमा मंकिपक्स पुष्टि सोमबार, पुस १५, २०८१ यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्याल, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

यस्तो रहनेछ आज दिनभरिको मौसम सोमबार, पुस १५, २०८१ अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
-1735479755.jpg)
प्रहरीको कार्यालय सहयोगी हत्या प्रकरण : राष्ट्रिय अनुसन्धान अधिकृतसहित ३ पक्राउ आइतबार, पुस १४, २०८१ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका तिवारीसहित जीतपुरसिमरा उपमहानगरपालिका-१९ का २७ वर्षीय पुरुषोत्तम दास र २० वर्षीय इन्द्रजित चौहानलाई सार्वजनिक गरिएको हो । दास सिमरामा सञ्चालित जयमाँ वर्कसपका सञ्चालक हुन् ।

नागार्जुनका मेयरविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर आइतबार, पुस १४, २०८१ विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर भएको हो। अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो। राजुप्रसादका पद्म कोलोनी प्राली र पद्म मर्चेन्ट प्रालीका सञ्चालक हुन्। दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो।

गैँडाको आक्रमणबाट मृत्यु आइतबार, पुस १४, २०८१ भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंको कागेश्वरीमा गोली चलेको घटनामा दुई जना घाइते, एक पक्राउ आइतबार, पुस १४, २०८१ गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।गोली चलाएको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ।उनी उक्त घरमा पेस्तोल लिएर पुगेका थिए।

हुम्लामा लगातार हिमपात आइतबार, पुस १४, २०८१ हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी दिए। 'गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ', उनले भने।

सेनाका उपरथी र प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने आइतबार, पुस १४, २०८१ नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने भएका छन् ।

कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ आइतबार, पुस १४, २०८१ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्।

सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी, जनजीवन प्रभावित आइतबार, पुस १४, २०८१ सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो। सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चका सबै पेसी स्थगित आइतबार, पुस १४, २०८१ बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उनले बताए ।