लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरणआइतबार, पुस १४, २०८१

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी आइतबार, पुस १४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ...

कालीकोटमा भूकम्पको धक्का आइतबार, पुस १४, २०८१ कालीकोटमा भूकम्प गएको छ । आज बिहान ५ बजेर ९ मिनेट जँदा ओडानकु केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज कुन तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची आइतबार, पुस १४, २०८१ आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल)...

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि आइतबार, पुस १४, २०८१ साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।

आज पनि बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो? आइतबार, पुस १४, २०८१ काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।

दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ शनिबार, पुस १३, २०८१ कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।

बालिका बलात्कार गरेको आरोपमा चन्द्रागिरीबाट युवक पक्राउ शनिबार, पुस १३, २०८१ बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आरधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित शनिबार, पुस १३, २०८१ त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ शनिबार, पुस १३, २०८१ पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै ठगी गरेको उनीमाथि आरोप थियो।

तनहुँ जलविद्युत् आयोजनाले दियो ९७ परिवारलाई क्षतिपूर्ति शनिबार, पुस १३, २०८१ प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत शनिबार, पुस १३, २०८१ म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले ठेक्का पाएको थियो।

कार्यकक्षमै प्रहरी जवानले चलाए आफैमाथि गोली शनिबार, पुस १३, २०८१ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैमाथि गोली चलाएका छन्।शुक्रबार साँझ २१ वर्षीय प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेका हुन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।