News Griha :: न्यूजगृह
म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं— वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चण्डोलमा बस्‍ने २८ वर्षीय चिना कोयी राई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चण्डोलबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १२ लाख ९१ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्‍दै ठगी गरेको उनीमाथि आरोप थियो।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १७:०२
Weather Update