News Griha :: न्यूजगृह
यस्तो रहनेछ आज दिनभरिको मौसम

काठमाडौं— हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो गण्डकी र कोशी प्रदेशका केही स्थानमा बदलीको सम्भावना रहेको छ। बाँकी स्थानको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

आगामी २४ घण्टाका लागि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

बिहानीको समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:५४
Weather Update