News Griha :: न्यूजगृह
शोभा पाठकलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं—  शोभा पाठक भनेर चिनिने जानुका पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पुस १ मा पक्राउ परेकी पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए । त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई पुस १ मा पक्राउ गरेको थियो ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:०४
Weather Update