News Griha :: न्यूजगृह
शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर

काठमाडौं— शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए ।

त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई पुस १ मा पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।

यो मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १४:३२
Weather Update