पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्युमंगलबार, साउन २२, २०८१

चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन मंगलबार, साउन २२, २०८१ बैठकमा बोल्दै समिति सभापति सोनाम ग्याल्जेन शेर्पाले बजारमा दैनिक उपभोग्य तथा अतिआवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आमनागरिक आक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।

नेपाल छिर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइयो मंगलबार, साउन २२, २०८१ मोरङको रानी नाकाहुँदै नेपाल छिर्न खोज्ने एक बंगलादेशी नागरिकलाई नेपाली सुरक्षाकर्मीले भारत तिरै फर्काइदिएका छन्।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई मंगलबार दिउँसो भारततिरै फर्काइदिएका हुन्।

बागलुङ पहिरोः ७ को मृत्यु, ४ जना घाइते मंगलबार, साउन २२, २०८१ आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो। बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध मंगलबार, साउन २२, २०८१ विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौं उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको हो।

बीपी राजमार्ग अवरुद्ध, खोलाले बगाएर महिलाको मृत्यु मंगलबार, साउन २२, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन्। ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ। वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ।

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो मंगलबार, साउन २२, २०८१ नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो।
-1722929861.jpg)
पहिरोमा परेर गुल्मीमा चार जनाको मृत्यु मंगलबार, साउन २२, २०८१ मुसीकोट नगरपालिका वडा नं १ बिसौनीमा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित मंगलबार, साउन २२, २०८१ लगातारको झरीले काठमाडौंका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधारण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। विशेषगरी काठमाडौंको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ बानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौं उपत्यकामा सवारी जाम बढ्यो, कसरी भइरहेको छ व्यवस्थापन? मंगलबार, साउन २२, २०८१ हिजो रातिदेखि मनसुन सक्रिय भएसँगै यतिखेर उपत्यका सहित विभिन्न ठाउँमा वर्षा भइरहेको छ। वर्षाकै कारण उपत्यकाको नदी आसपास क्षेत्र डुबानमा परेका छन्।
-1722400387.jpg)
काठमाडौं उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा मंगलबार, साउन २२, २०८१ काठमाडौं सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरि डुबानमा परेका छन्।काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए।

लगातारको वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह मंगलबार, साउन २२, २०८१ आज सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

बुधबारसम्म नै वर्षा हुने, यी ३४ जिल्ला ‘रेड जोन’मा मंगलबार, साउन २२, २०८१ काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।









