काठमाडौं उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा
-1722400387.jpg)
काठमाडौं— काठमाडौं सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरि डुबानमा परेका छन्।
काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए।
उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। महानगरपालिकाका अनुसार बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ।
साउन १५ गते राति परेको अविरल वर्षाका कारण पनि काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका घरहरू डुबानमा परेका थिए। काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु समेत भएको थियो।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ११:५३













