News Griha :: न्यूजगृह
पहिरोमा परेर गुल्मीमा चार जनाको मृत्यु

गुल्मी— गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षात्सँगै आएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ।

मुसीकोट नगरपालिका वडा नं १ बिसौनीमा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते छन् ।

पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय विष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:२२
Weather Update