अविरल वर्षाका कारण हवाई उडान/अवतरण प्रभावितमंगलबार, साउन २२, २०८१

सिमलताल दुर्घटनाको प्रतिवेदन आज गृहमन्त्रीलाई बुझाइँदै मंगलबार, साउन २२, २०८१ चितवनको सिमलतालमा पहिरोले दुई बस बगाएको बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ।

डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु मंगलबार, साउन २२, २०८१ डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा (ईडीसीडी)का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो।

लेबनानमा रहेका नेपाली कति सुरक्षित ? सोमबार, साउन २१, २०८१ पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण लेबनानमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ। त्यहाँ करिब १२ सयको हाराहारीमा घरेलु कामदार रूपमा नेपालीहरू रहेको बताइएको छ।

मङ्गलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने, तीन प्रदेशका दर्जन बढी जिल्ला ‘रेड जोन’मा सोमबार, साउन २१, २०८१ मङ्गलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन बढी जिल्लामा रेड अलर्ट जारी गरिएको छ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते सोमबार, साउन २१, २०८१ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो, ७ यात्रु घाइते सोमबार, साउन २१, २०८१ धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।

प्रधानमन्त्री ओली फास्ट ट्र्याक अनुगमनका लागि जाँदै, काठमाडौं–निजगढ सुरुङको ‘ब्रेक थ्रु’ हुने सोमबार, साउन २१, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमणका आज त्यसतर्फ जाने भएका छन्।

नारायणी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा सोमबार, साउन २१, २०८१ नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ। दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

कोशी, बागमती र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना सोमबार, साउन २१, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ।

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त आइतबार, साउन २०, २०८१ नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो।

मनाइयो भोटो जात्रा आइतबार, साउन २०, २०८१ हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे। उनले जीवित देवी कुमारीको दर्शन पनि गरे।

यो वर्ष पनि नारायणगढ–बुटवल सडकमा धुलाम्मे र हिलाम्मे यात्रा गर्नुपर्ने आइतबार, साउन २०, २०८१ पूर्व मेचीदेखि पश्चिम महाकाली पुग्ने उक्त सडकको हालत २०७५ सालदेखि निकै खराब रहेको छ। सडक विस्तारको शिलान्यास सोही वर्ष गरिएको थियो।









