धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो, ७ यात्रु घाइते

काठमाडौं— धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख खस्दा ७ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ।
धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरू घाइते भएका छन्। उनीहरूको परिचय खुलिसकेको छैन।
माइक्रो बसमाथि रूख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १०:२२













