News Griha :: न्यूजगृह
विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

काठमाडौं— नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो। 

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन्।

 ऊर्जा मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै प्राधिकरणका सञ्चालकहरू भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त गरेका थिए।

दुवै सदस्यले बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेपछि मन्त्रालयले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। र स्पष्टीकरणमा जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले दुवैलाई पदमुक्त गरेका थिए।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:४५
Weather Update