News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली फास्ट ट्र्याक अनुगमनका लागि जाँदै, काठमाडौं–निजगढ सुरुङको ‘ब्रेक थ्रु’ हुने
निर्माणाधीन फास्ट ट्रयाक । फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमणका आज त्यसतर्फ जाने भएका छन्।

धेद्रेमा रहेको एक दशमलब ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं–निजगढ सुरुङको ‘ब्रेक थ्रु’ का लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ। ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको सहभागिता रहनेछ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:३१
Weather Update