बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १५० जनाको मृत्युआइतबार, साउन २०, २०८१

मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो आइतबार, साउन २०, २०८१ गायक कामतको गत बिहीबार निधन भएको थियो। कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो।

डेडिकेटेड र ट्रङ्क लाइन विवाद: प्राधिकरणको सञ्चालक समितिबाट पुन र आचार्यलाई हटाइयो आइतबार, साउन २०, २०८१ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ।

त्रिवि क्रिकेट मैदानबारे प्रधानमन्त्री ओलीले गरे क्यान पदाधिकारी र खेलाडीसँग छलफल आइतबार, साउन २०, २०८१ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ।'

एक वर्षमा अन्नपूर्ण पदमार्गमा पाँच पर्यटकले गुमाए ज्यान आइतबार, साउन २०, २०८१ जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ। विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन्।
चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग आइतबार, साउन २०, २०८१ जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ। उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिए। उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ।

खोटाङको राजापानीमा बाघ आतङ्क आइतबार, साउन २०, २०८१ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ। जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छा पाडा तथा कुकुर मार्न थालेपछी स्थानीय बासिन्दा आतङ्कित बनेका हुन्।

कुपन्डोलस्थित बागमती किनारमा पुरूषको शव फेला आइतबार, साउन २०, २०८१ आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४०–४२ वर्षका पुरूषको शव भेटिएको हो।

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो आइतबार, साउन २०, २०८१ पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ।

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध आइतबार, साउन २०, २०८१ गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत अम्राहीमा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गण्डकी प्रदेशमा बने २० वटा पुल आइतबार, साउन २०, २०८१ गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ। ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
भोटो देखाउने जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा आइतबार, साउन २०, २०८१ वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो।

बजारमा म्याद गुज्रेका पेप्सी, डियू र स्प्राइट छ्यापछ्याप्ती शनिबार, साउन १९, २०८१ म्याद गुज्रेका पेय पदार्थ बिक्रीवितरण भइरहेको सूचनाको आधारमा प्रहरीले शनिबार बिहान कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने अमित केसरीले सञ्चालन गरेको केसरी एण्ड केसरी सन्स इम्पेक्समा छापा मारेको हो।









