News Griha :: न्यूजगृह
त्रिवि क्रिकेट मैदानबारे प्रधानमन्त्री ओलीले गरे क्यान पदाधिकारी र खेलाडीसँग छलफल 

काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानको विषयमा नेपाल क्रिकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमी कलाकारहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ।'

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए। सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन्।
  

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:०१
Weather Update