बागलुङ पहिरोः ७ को मृत्यु, ४ जना घाइते

बागलुङ— बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते छन्।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।
बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १५:५२













