
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग बिहीबार, भदौ ६, २०८१ त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको बताए।

सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ बिहीबार, भदौ ६, २०८१ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अख्तियारमा उजुरी बिहीबार, भदौ ६, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।बिहीबार सफलले परराष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन्।

क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ बिहीबार, भदौ ६, २०८१ घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

बलम्बुमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो बिहीबार, भदौ ६, २०८१ काठमाडौंको चन्द्रागिरि नगरपालिका, बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, सडक सुचारु हुन समय लाग्ने बिहीबार, भदौ ६, २०८१ पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

अभिनेता विपीन कार्कीलाई मातृशोक बिहीबार, भदौ ६, २०८१ अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ।उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द बुधबार, भदौ ५, २०८१ घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत बुधबार, भदौ ५, २०८१ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो।

हुम्ला जीप दुर्घटना: गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो बुधबार, भदौ ५, २०८१ बुधबार बिहान हुम्लाको चंखेली गाउँपालिकामा जीप दुर्घटनाबाट गम्भीर घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको हो।

सहकारीको बचत हिनामिना प्रकरणः रवि लामिछानेले भदौ ७ गते बयान दिने बुधबार, भदौ ५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन्।

झरी परिरहँदा नागढुंगा–नौबिसे सडकमा पहिरो पन्छाउन समस्या, यातायात ठप्प बुधबार, भदौ ५, २०८१ नागढुंगाबाट ७ सय मिटर तल नौबिसेखण्डतर्फ पहिरो खस्दा काठमाडौं भित्रिने र बहिरिने सवारिसाधन ठप्प भएको छ।लेदोसहितको पहिरो खस्दा सफा गर्न समस्या भएको छ। बिहान १० बजे पहिरो खसेको हो। पटकपटक पहिरो पन्छाए पनि पानी पर्ने क्रम नरोकिँदा समस्या भएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले बताए।