News Griha :: न्यूजगृह
अभिनेता विपीन कार्कीलाई मातृशोक

काठमाडौं— अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ।

उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

बिहीबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:१२
Weather Update