बलम्बुमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका, बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शङ्कास्पद वस्तु फेला थियो।
नजिकैको सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार बुधबार दिउँसो करिब सवा १ बजेको समयमा एक युवकले उक्त शङ्कास्पद वस्तु राखेर गएका थिए।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ११:१२