News Griha :: न्यूजगृह
पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटना
पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटना कास्कीको पोखरा महानगरपालिका १७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना भएको छ।पोखरा–८ मा सञ्चालित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो।
मुस्ताङको थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो [भिडिओसहित]
मुस्ताङको थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो [भिडिओसहित] मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोवाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
भीरबाट खसेको ढुंगा लागेर मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो
भीरबाट खसेको ढुंगा लागेर मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो। त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह शाहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी जोशीसँग समितिले लियो बयान
गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी जोशीसँग समितिले लियो बयान सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।  नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई शुक्रबार समितिले बोलाएर बयान लिएको हो।
मर्स्याङ्दी अपडेट: मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलतर्फ
मर्स्याङ्दी अपडेट: मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलतर्फ तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको छ।नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार, एमआई १७ कलसाइनको हेलिकप्टर भर्खरै दुर्घटनास्थलतफर्फ प्रस्थान गरेको हो। 
मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार
मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो। कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।
टिकटकले भन्यो- प्रतिबन्ध खुलाउने नेपाल सरकारको निर्णयपछि हामी उत्साहित छौँ
टिकटकले भन्यो- प्रतिबन्ध खुलाउने नेपाल सरकारको निर्णयपछि हामी उत्साहित छौँ टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौँ,’ विज्ञप्तिमा...
मर्स्याङ्दी बस दुर्घटना: १५ यात्रु अचेत [अपडेट]
मर्स्याङ्दी बस दुर्घटना: १५ यात्रु अचेत [अपडेट] तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ।मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भुसालले १५ जना अचेत अवस्थामा रहेको जिल्लाबाट जानकारी आएको बताए।
४० यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो
४० यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए।
सहकारीको बचत दुरुपयोग: आज रास्वपा सभापति लामिछानेसँग बयान लिँदै समिति
सहकारीको बचत दुरुपयोग: आज रास्वपा सभापति लामिछानेसँग बयान लिँदै समिति सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। 
Weather Update