News Griha :: न्यूजगृह
पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटना

पोखरा— कास्कीको पोखरा महानगरपालिका १७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना भएको छ।

पोखरा–८ मा सञ्चालित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो।

अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको छ।

दुर्घटनामा बस चालक स्याङ्जा भीरकोट नगरपालिका–२ बयरघारी घर भई हाल पोखरा–९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:११
Weather Update