४० यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो

तनहुँ— पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए।
यात्रुको सङ्ख्या भने यकिन हुन सकेको छैन। यद्यपि बसमा ४० यात्रु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १२:०९