News Griha :: न्यूजगृह
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर

काठमाडाैं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह शाहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहूले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीएको नक्कली प्रमाणपत्र पेस गरेका थिए।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:४४
Weather Update