News Griha :: न्यूजगृह
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर बगायो, केही मानिस बेपत्ता
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर बगायो, केही मानिस बेपत्ता रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ।गएराति पहिरो गएको र घर बगाएको जानकारी पाए लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
सुनकोशीमा खसेको गाडी भेटियो, बेपत्ताको खोजी हुँदै [अपडेट]
सुनकोशीमा खसेको गाडी भेटियो, बेपत्ताको खोजी हुँदै [अपडेट] खोटाङको हलेसीबाट काठमाडौं आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेबाट सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिएको छ।
तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट] 
तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट]  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ। 
भरतपुरबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव
भरतपुरबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ।भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो। चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सुनकोशीमा गाडी खस्यो, तीन जना बेपत्ता
सुनकोशीमा गाडी खस्यो, तीन जना बेपत्ता मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्।
सुख्खा पहिरो खसेपछि पाल्पा–बुटवल खण्ड अवरुद्ध 
सुख्खा पहिरो खसेपछि पाल्पा–बुटवल खण्ड अवरुद्ध  सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ।पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले शनिबार दिउँसोबाट पाल्पा–बुटवल सडक अवरुद्ध भएको हो।
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।
केदारनाथ नजिकै पहिरोमा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो
केदारनाथ नजिकै पहिरोमा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो।
गृह मन्त्रालयद्वारा भारतीय राज्यमन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ
गृह मन्त्रालयद्वारा भारतीय राज्यमन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका हुन्।
आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते
आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ।ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।
रवि लामिछाने बयानका लागि संसदीय समितिमा
रवि लामिछाने बयानका लागि संसदीय समितिमा सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो। समितिले पाएको तीन महिनाको समयावधि यही भदौ २३ गते सकिँदैछ।
सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प
सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 
Weather Update