News Griha :: न्यूजगृह
रवि लामिछाने बयानका लागि संसदीय समितिमा
फाइल तस्बिर।

काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन्।

गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो।

लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ। जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो। समितिले पाएको तीन महिनाको समयावधि यही भदौ २३ गते सकिँदैछ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:०२
Weather Update