News Griha :: न्यूजगृह
सुख्खा पहिरो खसेपछि पाल्पा–बुटवल खण्ड अवरुद्ध 
तस्बिरः अनलाइन खबर।

पाल्पा— सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले शनिबार दिउँसोबाट पाल्पा–बुटवल सडक अवरुद्ध भएको हो।

ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार नवीन भण्डारीले जानकारी दिए।
सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार–पाँच घण्टा लाग्ने भण्डारीले बताए।

सडक अवरुद्ध हुँदा दुवै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन्। अहिले पनि ससाना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:५७
Weather Update