तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट]
![तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट]](https://newsgriha.com/uploads/posts/image-(8)-1724394525.jpg)
तनहुँ— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट यूपी ५३एफटी७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।
दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेको काठमाडाैंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ।
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ २१:२०