News Griha :: न्यूजगृह
सुनकोशीमा खसेको गाडी भेटियो, बेपत्ताको खोजी हुँदै [अपडेट]

काठमाडौं— खोटाङको हलेसीबाट काठमाडौं आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेबाट सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिएको छ।

दुर्घटनास्थल नजिकै गाडी फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।

‘दुर्घटनास्थल नजिकै गाडी फेला परेको छ,’ काफ्लेले भने, ‘बेपत्ता व्यक्तिहरू भने फेला पर्न सकेका छैनन्।’ 

उक्त गाडी फेला परेको र पानीबाट निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए।

गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्।

सोही गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका हुन्। उनी सामान्य घाइते भएको र अहिले उपचारका क्रममा रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:५१
Weather Update