गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी जोशीसँग समितिले लियो बयान

काठमाडौ— सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई शुक्रबार समितिले बोलाएर बयान लिएको हो।
साथै, समितिले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ। लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्।
गोर्खा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १४:३९