News Griha :: न्यूजगृह
घाँसीकुवाको पहिरो पन्छाउन सुरु, सडक सुचारु हुन समय लाग्ने

दमौली— तनहुँको घाँसीकुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध छ।

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

हिजो खसेको पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ। 

ठूलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएको बताइएको छ।

DAMAULI_Ghasikuwa_pahiro_1-1724302470.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:३९
Weather Update