News Griha :: न्यूजगृह
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।
ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो
ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
माथिल्लो मनाङमा हिमपात
माथिल्लो मनाङमा हिमपात हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले...
बाढी पहिरो अपडेटः देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता
बाढी पहिरो अपडेटः देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।शनिबार दिउँसो २ बजेसम्म देशभर ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।
हवाइ उडान आंशिक सञ्चालनमा
हवाइ उडान आंशिक सञ्चालनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह साढे १२ बजेबाट आन्तरिक उडान आंशिक सञ्चालन भएको छ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार साढे १२ बजेबाट आईएफआर उडान नियमअनुसार उड्न सक्ने जहाज र विमानस्थलहरूमा उडान खुला गरिएको छ ।
बाढी र डुवानबाट काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता
बाढी र डुवानबाट काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
काठमाडौंको नदी करिडोरका सडक बन्द
काठमाडौंको नदी करिडोरका सडक बन्द काठमाडौंको बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।
काठमाडौं उपत्यकाका नदीहरुको जलसतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह
काठमाडौं उपत्यकाका नदीहरुको जलसतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बागमतीले पार गर्‍यो खतराको तह
बागमतीले पार गर्‍यो खतराको तह शुक्रबार बागमती नदीस्थित खोकनामा रहेको जलमापन केन्द्रमा ४ मिटरको खतरा तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
वनस्थलीमा खोलाले मोटरसाइकल बगायो, चालक बेपत्ता
वनस्थलीमा खोलाले मोटरसाइकल बगायो, चालक बेपत्ता शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका–१५ वनस्थलीस्थित बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
Weather Update