काठमाडौंसहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्यस्तशुक्रबार, असोज ११, २०८१

१४ स्थानमा वर्षाले चेतावनीको तह पार गर्यो शुक्रबार, असोज ११, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ। मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षाको रेकर्ड छ।

पूर्वी र मध्य तराईमा भारी वर्षा, सतर्क रहन आग्रह शुक्रबार, असोज ११, २०८१ देशभर मनसुन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा भएको छ। बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवाष्पयुक्त वायुका कारण देशभर मनसुन सक्रिय भएको हो।

४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो शुक्रबार, असोज ११, २०८१ बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ।

८ जना सवार जीप सडकबाट खस्यो शुक्रबार, असोज ११, २०८१ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।दशरथचन्द नगरपालिका–३ का ४५ वर्षीय दिलीप नाथ, ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते छन्।

वर्षाका कारण आन्तरिक उडान प्रभावित शुक्रबार, असोज ११, २०८१ देशका अधिकांश भूभागमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ। वर्षाका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ।त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रबार बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको छ।

काठमाडौं उपत्यकामा भोलिसम्मै झरी पर्ने शुक्रबार, असोज ११, २०८१ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा धाप ड्याममा २२.६ मिलिमिटर, साँखुमा १५ मिलिमिटर, सुन्दरीजलमा १६.६ मिलिमिटर, कीर्तिपुरमा ३२ मिलिमिटर, त्रिभुवन विमानस्थलमा १९.२ मिलिमिटर, पानीपोखरीमा १७ मिलिमिटर वर्षा भएको छ।

चितवनमा माइक्रो बस ट्याङ्करसँग ठोकियो शुक्रबार, असोज ११, २०८१ चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्याङ्कर ठोक्किएका छन्।

विवादमा अन्नपूर्ण मिडिया, के एपीवानमा पनि सहकारीको पैसा गएको हो? शुक्रबार, असोज ११, २०८१ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन्। संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ।

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? शुक्रबार, असोज ११, २०८१ जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ। आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको...

अपडेट: सप्तकोशी नदीमा खसेको बसमा थिए १७ यात्रु, चालक पक्राउ बिहीबार, असोज १०, २०८१ ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको पर्खाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश बिहीबार, असोज १०, २०८१ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो।

गाँजा तस्करीका आरोपित प्रहरी हवल्दारसहित तीन जना थुनामा बिहीबार, असोज १०, २०८१ लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।