सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार [अपडेट]बिहीबार, असोज १०, २०८१

सप्तकोशी नदीमा बस खस्यो बिहीबार, असोज १०, २०८१ बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साँझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो।

धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ बिहीबार, असोज १०, २०८१ आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

अग्नि सापकोटाविरुद्धको मुद्दाको अनुसन्धानको सक्कलै फाइल पेस गर्न सर्वोच्चको आदेश बिहीबार, असोज १०, २०८१ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा हालसम्म भएका प्रगति विवरण माग भएको छ।सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको हो। संवैधानिक इजलासले बुधबार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेस गर्न आदेश गरेको छ।

भोलि र पर्सि रात्रिबस नचलाउन आग्रह बिहीबार, असोज १०, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ। त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (असोज ११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोष्टले गरेको छ।

करिब २१ करोडमा सुस्तामा बनाइयो झोलुङ्गे पुल, राष्ट्रपतिले गरे उद्घाटन बिहीबार, असोज १०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरेका छन्।सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो। भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ।

अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते बिहीबार, असोज १०, २०८१ बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्।

धानबाली नकाट्न किसानलाई आग्रह बिहीबार, असोज १०, २०८१ मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडि बढाएका छन्। बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो।

इन्स्पेक्टरमाथि बलात्कार सम्बन्धी मुद्दामा ‘फसाइदिने’ भन्दै ३० लाख रुपैयाँ असुलेको आरोप बिहीबार, असोज १०, २०८१ ललितपुरस्थित प्रहरी प्रभाग, भैँसेपाटीका प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उनको जिम्मेवारी खोसिएको हो।

लैनचौरमा दुई वटा स्कुटर जुधे, चालकको मृत्यु बिहीबार, असोज १०, २०८१ बा७९ प ५४७८ नम्बरको स्कुटर र बाप्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो। दुर्घटना हुँदा बाप्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना नगर प्रहरी पक्राउ बिहीबार, असोज १०, २०८१ बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ परेका छन्। बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ, नेपाल ल्याइयो बिहीबार, असोज १०, २०८१ अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित बिहीबार, असोज १०, २०८१ प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो।