News Griha :: न्यूजगृह
लैनचौरमा दुई वटा स्कुटर जुधे, चालकको मृत्यु

काठमाडौं— काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बुधबार राति काठमाडौं महानगरपालिका–२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बा७९ प ५४७८ नम्बरको स्कुटर र बाप्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो। दुर्घटना हुँदा बाप्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बा७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:२५
Weather Update