सप्तकोशी नदीमा बस खस्यो

विराटनगर— बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साँझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
‘बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुलेको छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछौं।’
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १८:३८