गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई हिरासतमा राख्न ७ दिन म्याद थपशुक्रबार, असोज ११, २०८१

भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित शुक्रबार, असोज ११, २०८१ नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ।

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा शुक्रबार, असोज ११, २०८१ अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।
-1722400387.jpg)
काठमाडौंका नदी किनाराका घरमा बाढी पस्यो शुक्रबार, असोज ११, २०८१ शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउका बस्तीहरूमा भेल पसेको हो। बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ शुक्रबार, असोज ११, २०८१ बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्।सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीबाट पक्राउ परेका हुन्। उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने शुक्रबार, असोज ११, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो।

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल शुक्रबार, असोज ११, २०८१ बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ ।

अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कहाँकहाँ छन् सडक अवरूद्ध? शुक्रबार, असोज ११, २०८१ बिहीबार रातिदेखि देशभर अविरल वर्षा भइरहेको छ। यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताएका छन्। देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ। झापा, मोरङका केही भाग डुबानमा समेत पर्न थालेका छन्।

सरकारले भन्यो— ठूलो पानी परिरहेको छ, टाढाको यात्रा नगर्नू शुक्रबार, असोज ११, २०८१ गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (बिहीबार) साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरेको छ।

झरी र सम्भावित जोखिमबाट सचेत रहन काठमाडौं महानगरको आग्रह शुक्रबार, असोज ११, २०८१ महानगरपालिकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको र यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको जनाएको छ।

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध शुक्रबार, असोज ११, २०८१ अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन्।

खसी र गहना बजारदेखि टिकट काउन्टरसम्म काठमाडौं प्रहरीले गस्ती गर्ने शुक्रबार, असोज ११, २०८१ प्रहरीले बैंकका एटीएम रहेका स्थान, धार्मिक स्थल, शक्तिपीठ र पूजास्थलमा पनि गस्ती गर्नेछ। प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए।

प्रतिकूल मौसम: आन्तरिक हवाई उडान रद्द शुक्रबार, असोज ११, २०८१ भारी वर्षाले अन्तर्राष्ट्रिय उडानलाई भने असर नपुर्याएको उनले बताए। शुक्रबार ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ। आन्तरिकतर्फ दुईतर्फी गरेर ३ सय वटा उडान गर्न ७ वटा आन्तरिक वायुसेवाको तालिका थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाले सुगम रुटमा उडान गर्छन्।