News Griha :: न्यूजगृह
झरी र सम्भावित जोखिमबाट सचेत रहन काठमाडौं महानगरको आग्रह

काठमाडौं— काठमाडौं महानगरपालिकाले नियमित झरी र समयसमयमा भारी वर्षा भइरहेकोले सचेत रहन आग्रह गरेको छ।

महानगरपालिकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको र यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको जनाएको छ।

महानगरपालिकाले सूचना नै जारी गरेर भनेको छ, ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ, पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ, सवारी प्रवेश नगराऔं, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ, आवश्यक सतर्कता अपनाऔँ, विपद सामना गर्न पूर्व तयारी गरौँ।’

महानगरपालिकाले जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौं महानगरपालिका १६६००१०५५११ वा ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गर्नु भनेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:२५
Weather Update