News Griha :: न्यूजगृह
७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए । बीपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेको तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी...
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 
सप्तकोशीमा पानीको बहाव अझै घटेन
सप्तकोशीमा पानीको बहाव अझै घटेन निरन्तरको वर्षा रोकिए पनि सप्तकोशी ब्यारेजमा पानीको बहाव अझै उच्च नै छ ।आइतबार बिहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।  यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।
नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोले २ वटा बस पुर्‍यो, १४ जनाको शव निकालियो
नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोले २ वटा बस पुर्‍यो, १४ जनाको शव निकालियो त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।
बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार
बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ । 
अपडेट : काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु [नामावली]
अपडेट : काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु [नामावली] बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ ।
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द
वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।
अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । 
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । 
बाढीपहिरो र डुबानमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय 
बाढीपहिरो र डुबानमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय  त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्बन्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।
Weather Update