News Griha :: न्यूजगृह
रूपन्देहीमा हराएको दूध बोक्ने गाडी फेला पर्‍यो, चालक र सहचालक बेपत्ता
रूपन्देहीमा हराएको दूध बोक्ने गाडी फेला पर्‍यो, चालक र सहचालक बेपत्ता शनिबार बिहानै मर्चवारदेखि दूध सङ्कलन गर्दै अन्यत्र सङ्कलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जीप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका–१० र मायादेवी गाउँपालिका–२ मा पर्ने घाँघरा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।
अझै हल्का वर्षाको सम्भावना
अझै हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ। विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। 
झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो
झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला
सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले उनीहरूलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो।
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३० जनाको शव फेला
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३० जनाको शव फेला पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ।
शुक्रबारदेखि सम्पर्कविहीन गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो
शुक्रबारदेखि सम्पर्कविहीन गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।
झ्याप्ले खोला अपडेटः शव संख्या १३ पुग्यो
झ्याप्ले खोला अपडेटः शव संख्या १३ पुग्यो पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। अहिले बस निकाल्ने काम भइरहेको छ। सोही क्रममा शव फेला परेको हो। फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ। झ्याप्ले खोलामै हिजो दुई वटा बस...
मौसममा सुधार आएसँगै काठमाडौंसहित ८ वटा विमानस्थल सञ्चालनमा
मौसममा सुधार आएसँगै काठमाडौंसहित ८ वटा विमानस्थल सञ्चालनमा मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ।
झ्याप्ले खोलामा थप तीन जनाको शव फेला
झ्याप्ले खोलामा थप तीन जनाको शव फेला ठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन।  गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशङ्का...
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन्। जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए...
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस भेटियो
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस भेटियो नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।
आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यून: मौसम पूर्वानुमान महाशाखा
आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यून: मौसम पूर्वानुमान महाशाखा तर, आगामी २४ घण्टाका लागि कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 
Weather Update