अपडेट : बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १७० पुग्यो

काठमाडौं— असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १७० पुगेको छ।
गृहमन्त्रालयका अनुसार आइतबार साँझ साढे ७ बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो। अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते छन्।
त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ४ हजार विपद् प्रभावितको उद्धार गरिएको छ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ २०:४७