News Griha :: न्यूजगृह
शुक्रबारदेखि सम्पर्कविहीन गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो
दुर्घटनास्थल।तस्बिर: सशस्त्र प्रहरी बल

गोरखा— गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

‘गाडीको नम्बर नै फेला पर्‍यो,’ उनले भने । बसको डण्डीमा चालकको मोबाइल नम्बर पनि देखिएको यातायात व्यवसायीहरू बताउँछन् । लापुबेंसीबाट छुटेको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:३३
Weather Update