News Griha :: न्यूजगृह
मौसममा सुधार आएसँगै काठमाडौंसहित ८ वटा विमानस्थल सञ्चालनमा

काठमाडौं— मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट अहिले उडान भइरहेको छ। 

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:४१
Weather Update